Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पेट्रोल डिजेलको मूल्य फेरि बढ्यो, कति पुग्यो हेर्नुस्

पेट्रोल डिजेलको मूल्य फेरि बढ्यो, कति पुग्यो हेर्नुस्

इच्छाकामना न्युज

२३, चैत्र २०७८
पेट्रोल डिजेलको मूल्य फेरि बढ्यो, कति पुग्यो हेर्नुस्

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

images

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएको छ । मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य समायोजन पश्चात पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।

277703076_310304441217285_3808926609561004671_n.jpg

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०७:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology