Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना गाउँपालिकाको अध्यक्षमा आधा दर्जनको आकंक्षा, कुन दलबाट कस्ले पाउला टिकट ?

इच्छाकामना गाउँपालिकाको अध्यक्षमा आधा दर्जनको आकंक्षा, कुन दलबाट कस्ले पाउला टिकट ?

चित्र बहादुर गुरुङ

२३, चैत्र २०७८
इच्छाकामना गाउँपालिकाको अध्यक्षमा आधा दर्जनको आकंक्षा, कुन दलबाट कस्ले पाउला टिकट ?
images

कुरिनटार, २३ चैत । स्थानीय तहको निर्वाचन २०७९ को निर्धारित मिति नजिकिएसँगै दलहरुमा कसले टिकट हातपार्ने भन्ने कुरामा प्रतिस्पर्धा सुरु भएको छ। जसअनुरुप चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा पनि कुन दलबाट कसले टिकट पाउँला भनेर चर्चा परिचर्चा सुरु भएको छ।

images
images

बजारमा देखिएका चर्चाका कुराहरु हेर्दा इच्छाकामना गाउँपालिकाको अध्यक्षमा झण्डै आधा दर्जनले आकंक्षा देखाएका छन्। 
२०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेस चितवनको इज्जत जोगाएको इच्छाकामना गाउँपालिकाले यसपटक काँग्रेसको त्यो विरासत जोगाउन सकिन्छ सकिन्न भन्ने चर्चा छ। यसपटक इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट २ जनाले आकंक्षा देखाएका छन्।

हालको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले पुनः आफैले अध्यक्षमा दोहोरिन चाहेका छन्। त्यसै अनुरुप उनले सुरुदेखि नै तयारी थालेका थिए। ‘मेरो भिजन अनुसार मैले सुरु गरेका धेरै कामहरु अझै गर्न बाँकी रहेकोले अबको एक कार्यकालको मेरो उम्मेद्वारी रहन्छ’ –उनले भने।

उता हाल गाउँपालिका उपाध्यक्ष र पार्टीको गाउँपालिका सभापति समेत रहेका कृतिकुमार श्रेष्ठले पनि अध्यक्षमा दावि गरेका छन्। उनले एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको र पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा समेत निर्वाचित भैसकेकोले गाउँपालिका अध्यक्षमा आफ्नो दावी स्वभाविक रहेको बताए।

यसैगरी सबैभन्दा बढि नेकपा एमालेमा अध्यक्षको आकांक्षी देखिएका छन्। एमालेमा २०७४ को निर्वाचनमा उम्मेद्वार भै पराजित भएका नारायण अधिकारी, हालको गाउँ कमिटि इन्चार्ज दान बहादुर गुरुङ र अध्यक्ष कृष्णप्रसाद सिलवालको नाम चर्चामा छ। सँगसँगै एमालेबाटै अध्यक्ष आकांक्षी रहेकोमा तेज बहादुर शेरचनको नाम समेत यदाकदा चर्चामा सुनिएको छ। यसले गर्दा आकांक्षी धेरै हुदाँ एमालेलाई उम्मेद्वार छान्न अलि बढि सकस पर्ने देखिन्छ। 

यस्तै माओवादी केन्द्रमा भने पुरानै उम्मेद्वार दोहोरिने अवस्था देखिएको छ। २०७४ सालको निर्वाचनमा अध्यक्ष उम्मेद्वार रहेका प्रताप गुरुङ नै सर्वसम्मत हुने देखिन्छ। 

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ११:००:०४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology