Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट १ दर्जनको दावी, कस्ले मार्ला बाजी ?

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट १ दर्जनको दावी, कस्ले मार्ला बाजी ?

चित्र बहादुर गुरुङ

२६, चैत्र २०७८
आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट १ दर्जनको दावी, कस्ले मार्ला बाजी ?
images

आँबुखैरेनी, २५ चैत । आगामी स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट झण्डै १ दर्जनको दाबी परेको छ। पार्टी स्रोतका अनुसार अध्यक्षमा नेपाली काँग्रेस आँबुखैरेनीका ११ जनाले दावी गरेका छन्।

images
images

अध्यक्षमा दावी गर्नेहरुमा हालको गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, पार्टी सभापति विष्णुबहादुर पन्त, ऋषि के.सी., बाबुराम श्रेष्ठ, भिष्मकान्त गौली, किशोर के.सी., प्रितम गुरुङ, रत्नकुमार श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, अभियान श्रेष्ठ र महादेव राना रहेका छन् । अध्यक्षमा १ जना पनि महिलाले दावी गरेको छैन्।

यसैगरी उपाध्यमा ४ जना महिलाले दावी गरेका छन्। उपाध्यक्षमा दावी गर्नेहरुमा हालको गाउँपालिका उपाध्यक्ष रहेका पुष्पादेवी श्रेष्ठ, पवित्रा गौली, रिया गुरुङ र चिजा श्रेष्ठ रहेका छन् ।

आकांक्षी धेरै भएपछि काँग्रेसलाई उम्मेद्वार छान्न सकस पर्ने देखिन्छ। त्यसमाथि सत्ता गठबन्धन घटकले गाउँपालिकामा पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेकोले अहिले नै यसैले टिकट पाउँछ भन्नु कठिन देखिन्छ। 

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - १०:५४:५६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology