Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी ४ वडाध्यक्षमा काँग्रेस उपसभापति एंव युवा नेता विजय गुरुङको दाबी

आँबुखैरेनी ४ वडाध्यक्षमा काँग्रेस उपसभापति एंव युवा नेता विजय गुरुङको दाबी

इच्छाकामना न्युज

२८, चैत्र २०७८
आँबुखैरेनी ४ वडाध्यक्षमा काँग्रेस उपसभापति एंव युवा नेता विजय गुरुङको दाबी

आँबुखैरेनी, २८ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनमा आकांक्षीहरुले धमाधम उम्मेद्वारी दावी गर्न थालेका छन्। जस अनुरुप आँबुखैरेनी गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट युवा नेता विजय गुरुङले पनि आफ्नो दावी प्रस्तुत गरेको छ। 

images

उनले वडाध्यक्षमा दावी गर्दै केहि दिन अघि पार्टीमा आवेदन दिएका छन्। हाल नेपाली काँग्रेसको आँबुखैरेनी गाउँपालिका कार्यसमितिको उपसभापति रहेका गुरुङ नेपाल तरुण दल आँबुखैरेनी गाउँकार्यसमितिको सभापति समेत हुन्।

२०६८ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको आँबुखैरेनी गाविस उपाध्यक्ष हुदै राजनैतिक यात्रा सुरु गरेका गुरुङले विभिन्न सामाजिक संघसंस्था सहित पार्टीको विभिन्न विभागमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

उनले सामाजिक क्षेत्रमा पुलजिप खानेपानी उपभोक्ता समितिमा अध्यक्ष, पुलजिप युवा क्लबको संस्थापक सचिव, कोषाध्यक्ष र अध्यक्ष, पुलजिप प्रहरी सेवा केन्द्रको अध्यक्ष रहिसकेका छन्। 

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस जिताउनका लागि उल्लेख्य भुमिका निर्वाह गरेका गुरुङले उक्त निर्वाचनमा बुथ संयोजक समेत रहेका थिए।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १०:२९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology