Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना गाउँपालिकाका आधा भन्दा बढि जनप्रतिनिधीले दिए राजिनामा, अधिंकाश दोहोरीने तयारीमा

इच्छाकामना गाउँपालिकाका आधा भन्दा बढि जनप्रतिनिधीले दिए राजिनामा, अधिंकाश दोहोरीने तयारीमा

चित्र बहादुर गुरुङ

९, बैशाख २०७९
इच्छाकामना गाउँपालिकाका आधा भन्दा बढि जनप्रतिनिधीले दिए राजिनामा, अधिंकाश दोहोरीने तयारीमा
images

कुरिनटार, ९ वैशाख । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका आधा भन्दा बढि जनप्रतिनिधीले पदबाट राजिनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले आज राजिनामा दिएका हुन्।

images
images

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन्। जनप्रतिनिधीले राजिनामा दिएपछि गाउँपालिकाका कतिपय वडा नयाँ जनप्रतिनिधी नआउन्जेल खाली हुने अवस्था देखिएको छ।

गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारसम्म बहालवाला ३६ जना जनप्रतिनिधी मध्य १९ जनाले राजिनामा दिएका छन्। जसमा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ रहेका छन्।

यस्तै वडा नं. १ का सबै जनप्रतिनिधीले राजिनामा दिएका छन्। जसमा वडाध्यक्ष नन्दलाल गिरी, सदस्य विक्रम चेपाङ, प्रेम बहादुर प्रजा र महिला सदस्य अन्जु चेपाङ रहेका छन्। 

वडा नं. २ मा वडाध्यक्ष पञ्च बहादुर चेपाङ र सदस्य बुद्धिमान गुरुङले राजिनामा दिएका छन् भने वडा नं. ४ मा गाउँपालिका प्रवक्ता समेत रहेका वडासदस्य सावित्री गुरुङ र दलित महिला सदस्य सीता सुनारले राजिनामा दिएका छन्। 

वडा नं. ५ मा वडाध्यक्ष मोदराज सिलवाल र वडासदस्य बलराम त्रिपाठी, वडा नं. ६ मा महिला सदस्य पार्वती गुरुङ, दलित महिला सदस्य परिमाया वि.क. र सदस्य राम बहादुर घर्तीका साथै वडा नं. ७ मा वडाध्यक्ष बम बहादुर थापा मगर, वडासदस्य गनिराज प्रजा, टेक बहादुर गुरुङ र दलित महिला सुकमाया सुनारले राजिनामा दिएका छन्।

वडा नं. ३ का कुनैपनि जनप्रतिनिधीले राजिनामा दिएका छैनन् भने वडा नं. १ सबै जनप्रतिनिधीले राजिनामा दिएका छन्।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २१:०६:४३ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology