Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनामा गठबन्धन दल र एमाले बिच दुई पक्षिय भिडन्त हुने पक्का

इच्छाकामनामा गठबन्धन दल र एमाले बिच दुई पक्षिय भिडन्त हुने पक्का

चित्र बहादुर गुरुङ

१०, बैशाख २०७९
इच्छाकामनामा गठबन्धन दल र एमाले बिच दुई पक्षिय भिडन्त हुने पक्का
images

कुरिनटार, १० वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा गठबन्धन दल र एमाले बिच दुई पक्षिय भिडन्त हुने पक्का भएको छ। सत्तारुढ गठबन्धन दल मध्य २ दलमात्र रहेको इच्छाकामनामा नेपाली काँग्रेस र माओवादी केन्द्र बिच गठबन्धन हुने भएपछि गठबन्धन दल र एमाले बिच दुई पक्षिय भिडन्त हुने पक्का भएको हो।

images
images

नेकपा एमालेले इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दान बहादुर गुरुङलाई उम्मेद्वार चयन गरिसकेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनितीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन्। हाल उनी पार्टीको जिल्ला सदस्य एवं इच्छाकामना गाउँपालिका इन्चार्ज पनि हुन्। विभिन्न सामाजिक कार्यबाट परिचीत गुरुङ सिष्ट र नम्र ब्यबहारको कारण पनि सबैले चिनेको उम्मेद्बार हुन। 

त्यस्तै ढिला गरी गठबन्धनको निर्णय भएको कारण गठबन्धनको पक्षबाट उम्मेद्वार टुगिंसकेको छैन। यद्यपी पालिका अध्यक्ष काँग्रेसको भागमा परेको छ। काँग्रेसमा अध्यक्षको आकांक्षी ४ जना छन्। आकांक्षीहरु मध्य मुख्य प्रतिस्पर्धामा गत स्थानिय तहको निर्वाचनबाट विजयी पालिका अध्यक्ष गीताकुमारी गुरुङ र पार्टी सभापति समेत रहेका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ अध्यक्षको टिकट पाउन लागिपरेका छन्। अध्यक्ष लड्नका लागि दुबै जनाले शुक्रबार अध्यक्ष र उपाध्यक्ष पदबाट राजिनामा दिई सकेका छन्। जसका कारण दुबै अध्यक्ष पदको लागि तयारीमा जुटेको बुझिएको हो। 
                                                                                                                                                                           गत स्थानिय चुनावमा मुख्य प्रतिस्पर्धामा रहेका ३ पार्टीमध्य कांग्रेस र एमाले बिच मतान्तर धेरै थिएन तर अहिले परिस्थिति फरक भइ सकेकोले नतिजा के आउछ सजिलै आकलन गर्न भने कठिन छ।  २०७४ को चुनावको नतिजालाइ हेर्ने हो भने कांग्रेस र माओबादिको मत ५ हजार माथी  हुदा एमालेको मत  ३ हजार भन्दा माथी मात्र थियो। अहिले मतदाता थपिएको र परिस्थिति बदलिएको कारण नतिजा दुबै पार्टीले सोचेको भन्दा फरक आउन सक्ने आकलन गरिएको छ।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - ०७:५६:१० बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology