Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनामा गठबन्धनका अध्यक्ष उम्मेद्वार विरुद्व काँग्रेस सभापतिका आफ्नै श्रीमती र सालो बागी 

इच्छाकामनामा गठबन्धनका अध्यक्ष उम्मेद्वार विरुद्व काँग्रेस सभापतिका आफ्नै श्रीमती र सालो बागी 

इच्छाकामना न्युज

१३, बैशाख २०७९
इच्छाकामनामा गठबन्धनका अध्यक्ष उम्मेद्वार विरुद्व काँग्रेस सभापतिका आफ्नै श्रीमती र सालो बागी 
images

कुरिनटार, १३ वैशाख । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरु बिच गठबन्धन भएपछि टिकट वितरणलाई लिएर असन्तुष्टि बढेसँगै स्वतन्त्रबाट बागी उम्मेद्वारी दिने बढेका छन् जस अनुरुप चितवनको इच्छाकामना गाउँपालिकामा पनि गठबन्धन दलको अध्यक्ष उम्मेद्वार विरुद्ध २ जनाले स्वतन्त्रबाट बागी उम्मेद्वारी दिएको छ।

images
images

निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले दिएको जानकारी अनुसार  इच्छाकामाना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट गीता कुमारी गुरुङ, नेकपा एमालेबाट दान बहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदम थापा मगर, स्वतन्त्रबाट बिक्रम श्रेष्ठ र बिमला श्रेष्ठले उम्मेद्वारी दिएका छन्।

स्वतन्त्रबाट उम्मेद्वारी दिने बिमला श्रेष्ठ नेपाली काँग्रेस इच्छाकामना गाउँ कार्यसमितिका सभापति कृतिकुमार श्रेष्ठका श्रीमती हुन् भने बिक्रम श्रेष्ठ सहोदर सालो हुन्। 

सुरुवात देखिनै नेपाली काँग्रेसबाट बिशेष गरी गीता कुमारी गुरुङ र कृती कुमार श्रेष्ठ दुवै जना अध्यक्षका आकांक्षी थिए। दुवैले टिकट ल्याउन लागिपरेका थिए तर अन्त्यमा गीता कुमारी गुरुङले अध्यक्षको टिकट पाएपछि त्यसैको असन्तुष्टिले सभापति श्रेष्ठका श्रीमती र सालोले स्वतन्त्रबाट बागी उम्मेद्वारी दिएको हो।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ०९:०६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology