Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आजदेखि इच्छाकामनाका गठबन्धन दलहरुले एकिकृत चुनावी घैरदैलो सुरु गर्ने

आजदेखि इच्छाकामनाका गठबन्धन दलहरुले एकिकृत चुनावी घैरदैलो सुरु गर्ने

इच्छाकामना न्युज

१५, बैशाख २०७९
आजदेखि इच्छाकामनाका गठबन्धन दलहरुले एकिकृत चुनावी घैरदैलो सुरु गर्ने
images

कुुरिनटार, १५ बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । बुधबार बसेको गठबन्धनको संयुक्त बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारसहित आजदेखि एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको हो ।

images
images

बैठकले चुनावी अभियानका लागि विभिन्न समितिहरु समेत गठन गरेका छन् । गठबन्धनको निर्णय अनुसार पहिलो दिन आज वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने छन् ।

चुनावी अभियान हुने वडा र मिति 

वडा नम्बर १ : बैशाख २० गते
वडा नम्बर २ : १८ र १९ गते
वडा नम्बर ३ : १५ र २२ गते
वडा नम्बर ४ : १६ र २४ गते
वडा नम्बर ५ : २३ गते
वडा नम्बर ६ : २५ र २६ गते
वडा नम्बर ७ : १७ र २१ गते

साथै गठबन्धनले २७ गते संयुक्तरुपमा राजमार्ग केन्द्रित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । इच्छाकामनामा कांग्रेस ,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी रहेको छ ।

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - ०७:५२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology