Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनामा गठबन्धन दलको एकिकृत चुनावी घरदैलो कार्यक्रम सुरु, बाँकी काम पूरा गर्न अवसर पाउ : अध्यक्ष उम्मेद्वार गुरुङ

इच्छाकामनामा गठबन्धन दलको एकिकृत चुनावी घरदैलो कार्यक्रम सुरु, बाँकी काम पूरा गर्न अवसर पाउ : अध्यक्ष उम्मेद्वार गुरुङ

इच्छाकामना न्युज

१५, बैशाख २०७९
इच्छाकामनामा गठबन्धन दलको एकिकृत चुनावी घरदैलो कार्यक्रम सुरु, बाँकी काम पूरा गर्न अवसर पाउ : अध्यक्ष उम्मेद्वार गुरुङ
images

कुुरिनटार, १५ बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आजदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गरेको छ । वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गरेका हुन्।

images
images

घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गीता कुमारी गुरुङले यहाँको जनताको चाहना अनुसार पुरा गर्न बाँकी  विकासका कामहरु अघि बढाउन पार्टीले आफुलाई पुन टिकट दिएको बताए । पाँच बर्षे कार्यकालको आफ्नो कामको मुल्याङ्कन गर्दै पुन टिकट दिएकोमा पार्टी नेतृत्व र यहाँका जनतालाई धन्यावाद दिए । यहाँका जनताले पुन विजयी गरेर काम गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क भएको बताए ।

उपाध्यक्ष उम्मेद्वार प्रताप गुरुङले भइरहेको विकासका कामलाई पूर्णता दिदै इच्छाकामनाको जनताको भावना र चाहना अनुसार आफुहरु अघि बढ्ने प्रतिवद्धता जनाए।

वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार शरद पोखरेलले वडाको समृद्धि र विकासका लागि आफुलाई भोट दिन आग्रह गरे । आफुलाई जनताको सेवक भएर काम गर्ने अवसर मिल्नेमा विश्वस्त रहेको बताए।

आजदेखि सुरु भएको गठबन्धनको चुनावी अभियान अन्तरगत वडा नम्बर १ मा –बैशाख २० गते, वडा नम्बर २ मा १८ र १९ गते, वडा नम्बर ३ मा १५ र २२ गते, वडा नम्बर ४ मा १६ र २४ गते, वडा नम्बर ५ मा २३ गते,वडा नम्बर ६ मा २५ र २६ गते र वडा नम्बर ७ मा १७ र २१ ग्ते गठबन्धनको एकिकृत घरदैलो कार्यक्रम हुने छन् ।

साथै गठबन्धनले २७ गते संयुक्तरुपमा राजमार्ग केन्द्रित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ ।

इच्छाकामनामा कांग्रेस ,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी रहेको छ ।

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:१५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology