Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नाफाको जिन्दगीले जनतामा खुशीको मौसम जगाउने तयारीमा प्रताप गुरुङ ‘मौसम’

नाफाको जिन्दगीले जनतामा खुशीको मौसम जगाउने तयारीमा प्रताप गुरुङ ‘मौसम’

चित्र बहादुर गुरुङ

२७, बैशाख २०७९
नाफाको जिन्दगीले जनतामा खुशीको मौसम जगाउने तयारीमा प्रताप गुरुङ ‘मौसम’
images

कुरिनटार, २७ वैशाख । इच्छाकामनाका युवाहरु माझ चर्चित र परिचित नाम हो प्रताप गुरुङ ‘मौसम’ । चितवनको इच्छाकामना ३ फिस्लिङका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता ‘मौसम’लाई इच्छाकामनामा नचिन्ने सायद कोही नहोलान् ।

images
images

युवाहरुलाई नेतृत्व दिई गोलवन्द गर्न सक्ने, सबैलाई समेटेर सुखदुःखमा सहयोगी भूमिका खेल्न क्षमता भएकै कारण मौसम इच्छाकामनामा सबैका सामु परिचित छन्। उनै मौसम यतिबेल गठबन्धनबाट इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वार बनेका छन्।

वि.सं. २०३९ साल कार्तिक २७ गते ३ दिदिबहिनी र ३ दाजुभाई मध्य कान्छो छोरोको रुपमा जन्मिएका मौसमले ज्ञानमार्ग मावि घ्याल्चोक गोरखाबाट माध्यामिक तहको शिक्षा सकाएर २०५५ सालमा गाउँकै माझगाउँ माविमा शिक्षक बनेका थिए । विद्यार्थी जीवनदेखि नै तात्कालिन नेकपा माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्ध तर्फ आकर्षित भएका उनले २०५३ सालमा अखिल क्रान्तिकारीबाट राजनैतिक जीवनको सुरुवात गरेका हुन् ।

माओवादी युद्धलाई साथ र समर्थन दिएकै कारण तात्कालिन शाही नेपाली सेनाको तारोमा परेका मौसम २०५८ सालको चैत १४ गते गिरफ्तारीमा परेका थिए। त्यसपछि उनको शिक्षक पेशा समेत छुट्यो । २०६० सालसम्म जेल जीवन बिताएका उनी सर्वोच्च अदालतको आदेशले जेलबाट छुटेपछि पूर्णकालिन रुपमै माओवादीको जनयुद्धमा सामेल भए। 

२०६० सालमा माओवादीको चितवन जिल्ला सदस्य भएका मौसम २०६५ सालमा वाइसिएल केन्द्रिय सदस्य र उपत्यका मजदुर वाइसिएलको संयोजक हुदैँ तत्कालिन नेवा राज्य समिति वाइसिएलको कोषाध्यक्ष, पार्टीको राज्य कमिटी सदस्य भएका थिए ।

हाल माओवादी केन्द्र चितवनको सचिवालय सदस्य हुदैँ बागमती प्रदेश कमिटी सदस्य रहेका उनी माओवादी केन्द्र इच्छाकामना गाउँपालिकाको इन्चार्ज समेत छन् । 

गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका मौसम यसपटक पार्टीले गठबन्धन गरेका कारण पार्टीको आवश्यकता बमोजिम गठबन्धनबाट उपाध्यक्षमा उम्मेद्वार बनेका हुन्।

अध्यक्षको उम्मेद्वार बनीसकेको तपाई अहिले उपाध्यक्षमा किन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मुलत अहिले हामी गबन्धनबाट निर्वाचनमा जादैँ छौँ,यदी एकल प्रतिष्पर्धामा जादैँ थियो भने पनि निश्चय पनि पार्टीको पहिलो नेतृत्व नै लिने हुन्थ्यो , तर अहिले गठबन्धनसहित हामी निर्वाचनमा जादैँ छौँ, व्यक्तिगत इच्छा चाहनाले होइन, यहाँ हाम्रो पार्टीको भागमा उपाध्यक्ष परेको छ , गठबन्धन हुदैँ गर्दा मुल नेतृत्व सत्तामा जादाँ अली बढी हस्तक्षेप बढ्ने, जनताको पक्षमा निर्णयहरु गराउन सकिने भएकाले आम कार्यकर्ता र शुभचिन्तकहरुको माग बमोजिम मैले उपाध्यक्षको उम्मेद्वारी दिएको हुँ ।”

विकास निर्माणका साथसाथै शुसानयुक्त र भष्ट्रचार मुक्त गाउँ पालिका बनाउने मुख्य लक्ष्य लिएको उनले यूवाहरुलाई व्यवसाय र रचनात्मक कार्यमा लाग्न अग्रसर गराउने आफ्नो योजना रहेको बताए।

साथै निशुल्क शिक्षा, सरल र सहज तरिकाबाट स्वास्थ्य सेवा, ७० बर्षमाथिका बृद्धबृद्धाहरुलाई घरमै स्वास्थ्य जाँच सेवा, सञ्चालनका लागि अनुमती लिई काम नभएका इच्छाकामनामा रहेका चुन ढुंगाखानीहरु जतीसक्दो चाँडो सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्ने, युवाहरुलाई खेलकुदमा आकर्षित गरि व्यवसायिक खेलाडी उत्पादन गर्न खेलकुद क्षेत्रमा लगानी बढाउने विषयगत खेलहरुको प्रशिक्षकको नियुक्त गर्ने, कृषकहरुलाई अनुदानका साथै मल विउविजन समयमै सहजतरिकाबाट उपलब्ध गराउने, इच्छाकामनाका उद्योगहरुमा भएको ठेकदारी मजदुर प्रथाको अन्त्य गर्ने ,चेपाङ समुदायको जीवन स्तर उकास्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, यहाँ रहेका सबै समुदायको भाषा संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने, पर्यटन विकासका लागि अभियानसहित व्यवसायीहरुलाई लगानीका लागि आकर्षित गर्ने, सुकुमबासी र अव्यवस्थितहरुको समस्या सामाधान गर्ने लगायतको आफ्नो चुनावी प्रतिवद्धता रहेको बताए।

देश र समाज परिवर्तनका लागि ज्यान बाजी राखेर जनयुद्धमा होमिएको स्मरण गर्दै आफुसंग व्यक्तिगत स्वार्थ नभएको उनले बताए। यस अघि चुनावमा पराजित हुदाँ पनि निरन्तर जनताको सेवामा समर्पित हुदैँ आएको र निर्वाचन जितेपछि जनताको सेवा गर्न अझ सहज हुने विश्वास गरे ।

गणतन्त्र, लोकतन्त्र, धर्म निरपक्षता, संघियता समावेशिता, संविधानको रक्षा गर्न र देश विकासका लागि गठबन्धन बनेको बताउँदै केन्द्र जिल्ला र पालिकाको निर्देशन बमोजिम गठबन्धलाई मतदान गर्न उनले आग्रह गरे। पाँच बर्षमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुले इच्छाकामनाको मुहार फेर्ने उनको दाबी छ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:५०:११ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology