Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’

देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’

इच्छाकामना न्युज

३०, बैशाख २०७९
देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’
images

गोरखा, ३० वैशाख । मतपत्रमा स्वस्तिक छाप लगाएको तस्वीर सार्वजनिक गरेपछि पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले सुझबुझका साथ यसो गरेको दाबी गरेका छन् । स्वस्तिक छाप लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर आफूले कुनै गल्ती नगरेको उनको तर्क छ ।

images
images

‘मतदान भनेको लोकतान्त्रिक पद्धति हो । यसमा लुकाउनु पर्ने कुनै कुरा छैन’, डाक्टर भट्टराईले भने, ‘अरुलाई प्रभावित पो पार्नुहुन्न तर आफूले राजिखुशीका साथ मतदान गरेको कुरा कुनै अपराध गरेझै गरी लुकाउनु पर्छ भन्ने मलाई लाग्दैन ।’ आफू सुरुदेखि नै खुल्ला मतदानको पक्षपाती रहेको तर्क गरे । ‘मैले सुरुदेखि नै खुल्लमखुल्ला हात ठड्याएर मतदान गर्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ’, उनले भने ।

साथै जसपा र एमाले बीच गठबन्धन गरेकाले आफूले गठबन्धनकै आधारमा मतदान गरेको दाबी गरेका छन् । ‘एमालेसित जुन सर्तमा गठबन्धन गरिएको थियो, त्यही इमान्दारिता पालना गरेको छु । बाहिर चर्चा गरेजस्तो गरेको छैन’, उनले भने ।

सत्ता गठबन्धनमा रहेका दलसित मात्र चुनावी तालमेल गर्नुपर्छ भन्नेमा आफू ‘कन्भिन्स’ नरहेको उनले बताए । ‘स्थानीय तहको चुनाव भनेको वर्तमान नेपालको शासन व्यवस्थाको सबैभन्दा ठूलो आधारशीला हो’, उनले भने, ‘त्यसैले स्थानीय तहमा चुनावी गठबन्धन गर्दा स्थानीयस्तरको आवश्यकता र औचित्यताको आधारमा गर्नुपर्छ । केन्द्रले लाद्नु हुँदैन भन्दै आएको थिएँ । त्यसैले हाम्रो पार्टी जसपाले पालुङटारमा एमालेसित तालमेल गरेको हो ।’

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ११:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology