Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रतिनिधिसभाको बैठकमा आजपनि बजेटको प्राथमिकता बारेमा छलफल हुने 

प्रतिनिधिसभाको बैठकमा आजपनि बजेटको प्राथमिकता बारेमा छलफल हुने 

प्रतिनिधिसभाको बैठकमा आजपनि बजेटको प्राथमिकता बारेमा छलफल हुने 

काठमाण्डौ, ५ जेठ । प्रतिनिधिसभाको बैठकमा आजपनि आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता बारेमा छलफल हुने कार्यसूची छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा बजेटको प्राथमिकता बारेमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । संसद्मा हिजोदेखि यो विषयमा छलफल सुरु भएको हो ।

images

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले दबाबमा रहेको अर्थतन्त्र उकास्नेगरि बजेट ल्याउनुपर्ने धारणा राखेका छन् । बैठकमा धारणा राख्दै नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले नागरिकको जनजीविकालाइ सहजता पुग्ने गरि बजेट ल्याउनुपर्ने माग गर्नुभयो ।

यस्तै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । एमालेका नेता योगेश भट्राइले नागरिकको प्राथमिकता निर्धारण गरेर बजेट ल्याउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका सांसद डा. डिला सङ्ग्रौलाले आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्न वर्गका तह र तप्कालाई माथि उकास्ने खालको बजेट निर्माण हुनुपर्ने बताउनुभयो ।  यसैबीच राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:१९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology