Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्थानीय तह निर्वाचनमा मधेशवादी दलको उपस्थिति कमजोर 

स्थानीय तह निर्वाचनमा मधेशवादी दलको उपस्थिति कमजोर 

सिआईएन

८, जेठ २०७९
स्थानीय तह निर्वाचनमा मधेशवादी दलको उपस्थिति कमजोर 
images

स्नेहा कर्ण, काठमाडौँ, ८ जेठ । यसपालीको स्थानीय तहको निर्वाचनमा मधेशवादी दलहरू कमजोर देखिएका  छन् । १ सय ३६ स्थानीय तह रहेको मधेश प्रदेशमा मधेशवादी दलको उपस्थिति अहिलेसम्मको नतिजामा कमजोर देखिएको हो ।

images
images

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) यी दुई दलले राष्ट्रिय पार्टीको मान्यता पाएपनि गत चुनावको भन्दा दुबैको नतिजा सन्तोषजनक छैन । लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ मा पनि स्थानीय तहको निर्वाचनमा दुवै दलले उम्मेदवार उठाएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीले २५ प्रमुख तथा अध्यक्ष र सङ्घीय समाजदावी फोरम नेपालले देशभर झन्डै ४० प्रमुख तथा अध्यक्षमा जित हात पारेको थियो । यस पटक मधेसवादी दलका शीर्ष नेताको गृह जिल्लामा नै अरु दलरू विजयी हुने अवस्था आएको र यसले आफूहरूमा चुनौती थपिएको लोसपाका प्रवक्ता केशव झाले सीआईएनसँग बताउनुभयो ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, जनता समाजवादी चौथो, एकीकृत समाजवादी पाँचौ र लोकतान्त्रिक समाजवादी छैटौं स्थान हासिल गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसमा र एमालेसँग तालमेल गरेको लोसपाका नेताहरू भने आफूहरू कम्जोर देखिनुमा गठबन्धन दलबाट पूर्ण सहयोग नहुनुलाई पनि मुख्य कारक मध्येको एक ठानिरहेका छन् ।  

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:२५:२३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology