Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

यसपटकको स्थानीय तह निर्वाचन मार्फत चार नयाँ पार्टी नेतृत्वमा 

यसपटकको स्थानीय तह निर्वाचन मार्फत चार नयाँ पार्टी नेतृत्वमा 

यसपटकको स्थानीय तह निर्वाचन मार्फत चार नयाँ पार्टी नेतृत्वमा 
images

काठमाण्डौ, ९ जेठ । यसपटकको स्थानीय तह निर्वाचनमार्फत चार नयाँ पार्टी नेतृत्वमा पुगेका छन् । जसमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी रहेका छन् । नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ पालिका मध्य चार वटाको नेतृत्व पाएको छ ।

images
images

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई वटा पालिकामा जित हात पारेको छ भने हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीले रुपन्देहीको मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित हात पारेको छ ।

यसअघि अस्तित्वमा नरहेका दलले पनि यस पटक राम्रो उपस्थिति जनाएका छन्् भने यसपटक र स्वतन्त्र तर्फबाट उठेका उम्मेदवारहरूले पनि जित निकालेका छन् । स्वतन्त्र उम्मेद्वारहरूले कतै जित्नु तथा कतै राम्रो मत ल्याउनुले नागरिकहरू राजनीतिक रूपमा सचेत हुँदै गएको देखिएको विश्लेषण हुने गरेको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नागरिकले विद्यमान दलहरूको विकल्प खोजेको बताउनुभयो । हाल सम्म धरान उपमहानगरको प्रमुखमा राइ, धनगढीको प्रमुखमा गोपाल हमाल, जुम्लाको चन्दननाथ नगरपालिकामा राजु सिंह कठायतले जित हासिल गर्नुभएको छ । 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:११:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology