Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शरिरको आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, मुटुदेखि महिनावारीमा समस्या

शरिरको आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, मुटुदेखि महिनावारीमा समस्या

एजेन्सी

९, आषाढ २०७९
शरिरको आधा तौल घटाएकी युवतीका अधिकांश अंगले काम गर्न छाडे, मुटुदेखि महिनावारीमा समस्या

एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हेबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् । १६५सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामन गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् । 

images

हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । चिकित्सकहरूका अनुसार खानपानमा असन्तुलन वा अत्यधिक डाइटिङ गर्नेमा यस्तो समस्या देखिने गर्छ । 

उनका विभिन्न अंगले काम गर्न छोडेका थिए । मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो । 

‘उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । शारीरिक र मानसिक अवस्था कमजोरका बाबजुद उनले खानाका लागि कुनै इच्छा देखाइनन्’, महिलाको उपचार गर्ने एक डाक्टरले भने । उनले अगाडि थपे, ‘उनी गम्भीर बिरामी भइन् र धेरै अंगले काम गर्न छोडेपछि उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । ’

जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् । 

खानेकुरा छाड्नुको अतिरिक्त उनले क्याथर्टिक्स, रेचक र एक्ुपंक्चरसहित अन्य तौल घटाउने विधिहरू प्रयोग गरेकी थिइन् । २५ केजी तौल भएकी ती  महिलालाई अहिले सामाजिक सञ्जालमा चीनको ‘पातलोपनको प्रतिक’ भनेर व्यंग्य गरिन थालिएको छ । चिनियाँ संस्कृतिमा पातलोपनलाई सधैं महत्व दिइन्छ । 

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - १०:०७:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology