Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

२२० किलोबाट ७५ किलोको भए अदनान सामी, यी चिज खाएर घटाए तौल

२२० किलोबाट ७५ किलोको भए अदनान सामी, यी चिज खाएर घटाए तौल

एजेन्सी

१३, आषाढ २०७९
२२० किलोबाट ७५ किलोको भए अदनान सामी, यी चिज खाएर घटाए तौल

भारतीय गायक अदनान सामीको ‘लिफ्ट करा दे’, ‘भीगी–भीगी रातों में’ जस्ता गीत धेरैले सुनेका होलान् । अदनान सामी सफल सङ्गीतकर्मी तथा गायक हुन् । धेरै पटक उनलाई उनको तौलको कारण ट्रोल पनि गरिन्थ्यो । उनको तौल धेरै थियो र यसैकारण उनी बडी सेमिङको शिकार हुन्थे । एकातिर उनका हिट गीत थिए र अर्कोतर्फ उनको बढेको तौल । केही वर्ष अघिसम्म अदनानको तौल करिब २२० किलो थियो तर अब उनी ७५ किलोको मात्रै छन् । उनको यो गज्जबको ट्रान्सफर्मेशनको पछाडिको कारण उनको मिहिनेत, स्ट्रिक्ट डाइट र शारीरिक क्रियाकलाप हो । अदनानले कसरी आफ्नो तौल घटाए, यसबारे जानकारी लिऔँ ।

images

अदनान सामीको जीवनको टर्निङ पोइन्ट

जानकारीका अनुसार अदनान सन् २००५ मा अचानक इन्डष्ट्रिबाट गायब भएका थिए । केही समयपछि जब उनी सार्वजनिक रुपमा देखिन थाले उनी निकै स्लिम भइसकेका थिए, उनलाई झ्वाट्ट हेर्दा चिन्न गाह्रो भइसकेको थियो ।

अदनानले सन् २००५ मा लिम्फेडेमाका लागि शल्यक्रिया गराएका थिए र यसका लागि उनले ३ महिनासम्म बेड रेस्ट गर्नुपरेको थियो । यो क्रममा उनको मोटोपना यति बढिसकेको थियो कि उनको मांसपेशी मुनीको बोसो फोक्सोसम्म पुगिसकेको थियो र उनलाई सास फेर्न समस्या हुन थालेको थियो । उनलाई डाक्टरले तौल नघटाए उनी ६ महिनाभन्दा बढी नबाँच्ने चेतावनी पनि दिएका थिए । त्यसपछि परिवार र साथीहरुको सहयोगमा उनले ह्युस्टन (टेक्सास) मा एक पोषणविद्को निर्देशनमा बसेर आफ्नो तौल घटाउन सुरु गरे । अदनान सामीले १६ महिनामा लगभग १५०–५५ किलो तौल घटाउन सफल भएका थिए ।

 

शल्यक्रिया बिना तौल घटाए

अदनान सामीले एक अन्तरवार्ताको क्रममा उनले तौल कम गर्नका लागि कुनै पनि शल्यक्रिया नगराएको बताए । तौल कम गर्नका लागि मानिसहरु लिपोसक्सन शल्यक्रिया गराउँछन् जसमा शरीरको अनावश्यक बोसो हटाइन्छ । उनले भने, ‘कुनै २२० किलोको व्यक्तिका लागि यो शल्यक्रियामार्फत् बोसो हटाउनु असम्भव थियो । त्यो मजस्तो धेरै तौल भएका व्यक्तिका लागि थिएन । लिपोसक्शन शल्यक्रियालाई लिपोस्क्लपचर वा सक्सन–असिस्टेड लिपक्टोमीको नामले पनि चिनिन्छ ।

अदनानले थपे, ‘जब म आफ्नो तौल घटाउने यात्रा सुरु गरिरहेको थिएँ तब मैले अन्तिम पटक ‘म्यास पोटेटो’, असाध्यै धेरै नौनीसँग मासुका परिकार र ठूलो केक खाएको थिएँ । त्यसपछि मैले भोलिपल्ट नै लो कार्ब र हाई प्रोटिनयुक्त खानेकुरा खान सुरु गरेको थिएँ ।’

यसरी बढेको थियो अदनानको तौल

अदनानले अन्तरवार्ताका बेला आफू पहिला देखि नै यति धेरै मोटो नभएको बताए । उनी स्कूलका दिनमा खेलकुदमा निकै सक्रिय थिए । ह्युस्टनमा जब उनले आफ्ना न्युट्रिसनिष्टलाई भेटे तब उनले अदनान इमोशनल इटिङका शिकार भएको पाए । इमोशनल इटिङ त्यो हो जसमा मानिसहरु स्ट्रेस र नेगेटिभ इमोसनबाट बाहिर आउनका लागि खानालाई नै सबैभन्दा राम्रो तरिका मान्ने गर्छन् । इमोशनल इटिङमा धेरैजसो मानिसहरु चकलेट, पिज्जा, आइसक्रिम, गुलियो खानेकुरा र जंक फुडको अत्यधिक सेवन गर्ने गर्छन् ।

अदनानले पनि तनावको व्यवस्थापन गर्नका लागि कार्ब्स, सुगर–फ्याटयुक्त खानेकुरा र नुन भएका खानेकुराको अत्यधिक सेवन गरे । उनलाई ती कुरा खाँदा अफसोस लागेपनि पछि ती खाइरहेका हुन्थे । त्यसपछि बिस्तारै उनको तौल बढ्दै गयो । न्युट्रिसनिस्टको सबैभन्दा ठूलो च्यालेन्ज भएको उनलाई इमोशनल इटिङबाट बाहिर निकाल्नु थियो ।

यस्ता खानेकुरा खान्थे अदनान

ह्युस्टनका न्युट्रिसनिस्टले अदनान सामीको इमोशनल इटिङको बानी छुटाए । त्यसपछि उनलाई कम क्यालोरी भएका खानेकुरा दिइयो । खानामा भात, ब्रेड र अस्वस्थकर जंक फुड समावेश थिएनन् । उनलाई सलाद, माछा र दाल खाने सल्लाह दिइएको थियो । दिनको सुरुवातमा उनी चिनी नहालिएको चिया खान्थे । दिउँसोको खानमा उनलाई सलाद र माछा दिइने गरिन्थ्यो । रातीको खानामा दाल वा चिकन दिइन्थ्यो । उनलाई चिनी नभएको ड्रिङ्क मात्रै पिउन अनुमति थियो । बिहानको समयमा नास्तामा पपकर्न खान्थे ।

यस्तो हुन्थ्यो अदनान सामीको वर्कआउट

जानकारीका अनुसार अदनान सामीको तौल यति धेरै थियो कि उनले निहुरेर हेर्दा आफ्नो खुट्टासमेत देख्दैनथे । उनी ४० किलो घटेपछि उनलाई ट्रेडमिलमा हिँड्न सल्लाह दिइयो र हल्का व्यायाम पनि गराइयो ।

भारतमा उनका ट्रेनरले उनलाई हप्तामा ६ दिन स्ट्रेन्थ ट्रेनिङ र कार्डियो एक्सरसाइज गराए । यस्तो गरेर हरेक महिना अदनानले लगभग १० किलो तौल घटाए । हाल उनको तौल ७५ किलो भएको बताइन्छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १७:५४:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology