Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगद सहित सम्मान

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगद सहित सम्मान

इच्छाकामना न्युज

१६, आषाढ २०७९
धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
images

धादिङ, १६ असार  । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बुधबार बेनीघाट रोराङबाट बागमती प्रदेश स्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीलाई जनही २५ हजार सहित सम्मान गरेको छ । सम्मानित हुनेमा श्याम त्रिपाठी, आशिष मिया, एन्जल सिलवाल छन् ।

images
images

धादिङको इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बनेको अवसरमा तात्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनीघाटका ३ जना खेलाडी २५-२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए । उक्त घोषणालाई नव निर्वाचित पालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले कार्यान्वयनमा ल्याउँदै खेलाडी र क्रिकेट संघ धादिङलाई नगद सहित सम्मान गरेका हुन् ।

गत चैत्रको पहिलो साता भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रसुवालाई ५ ओभरमा अलआउट गर्दै अगाडी बढेको धादिङ क्रिकेट टिमले काठमाडौंलाई १९ ओभरमा पराजित गर्दै सेमिफाईनको यात्रा तय गरेको थियो । राष्ट्रिय टिमबाट खेलिसकेकाका पूर्व खेलाडी सुवास खकुरेल र अण्डर-१९ का राष्ट्रिय खेलाडी विवेक रानामगर संमिलित काभ्रेलाई धादिङले सेमिफाईलनमा १५५ रहनले पराजित गरे पनि फाईनलमा भने धादिङलाई सुखद हुन सकेन । मकवानपुर सँग फाईनल खेलेको धादिङले ३७ रनले पाजित हुँदै उपविजेतामा रोकिन पुगेको थियो ।

तस्वीर : अशोक श्रेष्ठ

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology