Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हरायो 

प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हरायो 

एजेन्सी

२, पौष २०७७
प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हरायो 

प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ। गयराति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो। 
उपाधि होडमा बलियो देखिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको छ । र टोटनहमलाई पछि पार्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ। जितसंगै लिभरपुलले लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिन सफल भएको छ। खेलमा अग्रता घरेलु टोली लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा लिएको थियो। 
टोटेनहम स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काएका थिए। खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए। शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानको टोटेनहमको २५ अंक छ।

images

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:४२:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology