Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक फिर्ता लिन प्रस्ताव प्रस्तुत हुने 

प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक फिर्ता लिन प्रस्ताव प्रस्तुत हुने 

इच्छाकामना न्युज

२३, आषाढ २०७९
प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक फिर्ता लिन प्रस्ताव प्रस्तुत हुने 
images

काठमाण्डौ, २३ असार । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

images
images

सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र अध्यक्षले पढेर सुनाउने कार्यसूची छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ सभामा टेबुल गर्ने कार्यसूची छ । 

प्रतिनिधि सभाको आजको बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिनको लागि प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकक दफाहरु निर्णयार्थ प्रस्तुत हुनेछ भने अरु केही विधेयक पारित गर्ने तयारी सचिवालयले गरेको छ । 

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०९:२८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology