Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित, दलीय सहमति खोज्न नेताहरूको जोड 

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित, दलीय सहमति खोज्न नेताहरूको जोड 

इच्छाकामना न्युज

७, श्रावण २०७९
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित, दलीय सहमति खोज्न नेताहरूको जोड 
images

काठमाण्डौ, ७ साउन । हिजो प्रतिनिधि सभाबाट पारित भएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा राजनीति दलहरूबीच सहमति खोज्नुपर्ने सरकारमा रहेका दलका नेताहरूले जोड दिएका छन् ।

images
images

सत्ताघटक एकीकृत समाजवादीका नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको नागरिकता विधेयकका केही प्रावधानमा गम्भीर प्रश्न उठेको भन्दै यसमा राजनीतिक दलहरूको सहमति खोज्नुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएको उल्लेख गर्दै खनालले गम्भीर विषयमा संवाद गरी सहमति खोज्न आवश्यक रहेको बताउनुभयो ।

हिजो गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गर्नुभएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद साकोटाले नागरिकता विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्नुभएकोमा प्रतिनिधि सभाको बहुमतले पारित भएको घोषणा गगरिएको हो ।

त्यसअघि गृहमन्त्री खाणले नागरिकता विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाईसात वर्ष नेपालमा बसोबास गरेपछि मात्रै अङ्गिकृत नागरिकता दिने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणपछि कार्यान्वयनमा आउनेछ । 

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०९:१०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology