Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नागरिकता विधेयक

नागरिकता विधेयकमा केही त्रुटि रहेको विज्ञहरूको टिप्पणी 

नागरिकता विधेयकमा केही त्रुटि रहेको विज्ञहरूको टिप्पणी 

सिआईएन

८, श्रावण २०७९
नागरिकता विधेयकमा केही त्रुटि रहेको विज्ञहरूको टिप्पणी 
images

काठमाण्डौ, ८ साउन । प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयकका केही प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै केही संविधानविद् तथा राजनीतिक दलका नेताहरूले सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अस्तिको बैठकले नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो ।

images
images

सीआईएनसँग कुराकानी गर्दै संविधनविद् डा. विपिन अधिकारीले विधेयकका अरु व्यवस्थामा आलोचना गर्ने ठाउँ नभए पनि वैवाहिक अङ्गिकृत नागरिकता पाउने समयसीमा नराख्ने र जुनसुकै मुलुकमा जन्मिएको भए पनि वेवारिशे अवस्थाकालाई नागरिकता दिने भनी राखिएको प्रावधान सच्याउनुपर्ने बताउनुभयो ।

यसअघि वैवाहिक अङ्गिकृृत नागरिकताको विषयमा माओवादी केन्द्रले ७ वर्षको समयसीमा राख्नुपर्ने अडान लिँदै आएको थियो । यसपाली माओवादी केन्द्र उक्त व्यवस्थाबाट पछि हटेको छ । यद्यपी केही नेताहरूले नागरिकता विधेयकको केही प्रावधानका बारेमा असन्तुष्टि जनाएका छन् ।

सीआईएनसँग कुराकानी गर्दै नेता गिरिराजमणि पोखेरेलले सत्ता गठबन्धन, सरकारलगायतकारण केही सम्झौता गर्नुपरेको र विधेयक प्रमाणित भइसकेपछि पार्टीमा छलफल गरिने बताउनुभयो ।

अङ्गिकृत नागरिकताका बारेमा समयसीमा राख्नुपर्नेमा एमाले सांसदहरूले जोड दिएका थिए । केहीले हालेको संसोधन पनि अस्वीकृत भएपछि एमाले यसमा आक्रोशित बनेको छ । नागरिकता विधेयकले महिला र किशोरकिशोरीलाई भने केही न्यायको प्रत्याभूत गरेको एमाले सांसद विन्दा पाण्डेले सीआईएनसँग बताउनुभयो ।

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयनमा जाने छ । नागरिकता विधेयकलाई लिएर नेताहरूले आआफ्ना अनुकुलका व्याख्या गर्ने क्रम पनि सुरु भएको छ ।

हिजो सर्लाही पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:१५:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology