Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इन्धनको मूल्य घटाएर आयल निगमलाई नाफामा लैजान गाह्रो 

इन्धनको मूल्य घटाएर आयल निगमलाई नाफामा लैजान गाह्रो 

सिआईएन

१३, श्रावण २०७९
इन्धनको मूल्य घटाएर आयल निगमलाई नाफामा लैजान गाह्रो 
images

स्नेहा कर्ण, काठमाडौँ । ५० अर्बभन्दा बढी घाटनामा रहेको नेपाल आयल निगमलाई नाफामा पु¥याउन गाह्रो हुने देखिएको छ । इन्धन आपूर्तिको जिम्मा पाएको निगमले इन्धन खरिदका लागि सरकारसँग लिएको ऋण सात अर्ब पुगेको छ भने पछिल्लो तीन वर्षदेखि निरन्तर घाटामा छ ।  

images
images

निगमले यसअघि आर्थिक वर्ष २०७७ को बैशाखमा झन्डै साढे ५० करोडको नाफा कमाएको थियो । त्यसपछि घाटामा रहँदै आएको निगमलाई फेरि नाफामुलक बनाउन मूल्य समायोजन गर्नुपर्ने, सरकारले लगाएको कर फिर्ता लिनुपर्ने एकजना अर्थ क्षेत्रका जानकार डा.पुष्पराज कँडेलले बताउनुभयो ।

दुई वर्षअघि एक खर्ब ९३ अर्बको इन्धन आयात भएकोमा गत आर्थिक वर्षमा झन्डै २ खर्ब ५० अर्बको इन्धन आयात भएको छ । बाह्य मुलुकबाट प्रशोधित पेट्रोलियम पदार्थ मात्रै नेपाल आयात हुने भएकाले पनि निगमलाई पछिल्लो समय विश्वव्यापी मूल्यवृद्धिले समस्यामा पारेको निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्यलाई असर पार्ने कारक तत्वहरूमध्येको एक विश्व बजार पनि हो । पेट्रोलियम पदार्थमा परनिर्भर रहेको नेपाललाई अब कति समयभित्र पहिलेकै अवस्थामा फर्काउन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर, खपतलाई कम गर्न सके आयल निगम सबैभन्दा धेरै राजश्व तिर्ने निकायमा पुनः सूचिकृत हुन सक्ने जानकारहरू बताउँछन् । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०८:५४:१५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology