Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न अध्यक्ष ओलीको निर्देशन 

पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न अध्यक्ष ओलीको निर्देशन 

इच्छाकामना न्युज

१५, श्रावण २०७९
पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न अध्यक्ष ओलीको निर्देशन 
images

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

images
images

अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाही विरुद्ध खरो रूपमा उत्रन निर्देशन दिनुभएको हो ।

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - २०:२८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology