Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा दरौदी नदी माथि सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल निर्माण

गोरखा दरौदी नदी माथि सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल निर्माण

images

इच्छाकामना न्युज

१७, श्रावण २०७९
गोरखा दरौदी नदी माथि सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल निर्माण
images

गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उनी प्रति रुष्ट छन् । आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।

‘पुल बनिरहेको ठाउँमा मेरो खेत पर्छ, त्यही खेत हुदै सडक लानुपर्छ’, स्थानीय कृष्ण बहादुर कुमालले भने, ‘पुल बनाउने बेला हामीसँग एकपटक पनि छलफल गरेनन्, अब बाटो चाहिँ कसरी लाने रहेछ हेरौला ।’ खेतबाट सडक लैजान क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।

सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् । सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ । हालसम्म करिव ९३ प्रतिशत काम सम्पन्न भएको भौतिक पूवार्धार कार्यालय गोरखाका प्रमुख ओमराम ढुंगानाले बताए ।

पुल निर्माणको जिम्मा एचटिसीरगणेशकुण्ड/आईएस निर्माण सेवा जेभीले पाएको हो । २०७७ साल जेठ १३ गते सम्झौता भएर काम सुरु भएको कार्यालयले जनाएको छ ।

२०७९ जेठ १२ गते सक्नुपर्ने उक्त काम करिव अन्तिम चरणमा पुगेको छ । तर सडक नजोडिएकै कारण पुल सञ्चालनमा भने समस्या देखिने भएको छ ।

 
 

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ०७:५१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology