Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राजनिति

नागरिकता विधेयक सन्देशसहित फिर्ता भएसँगै दलहरूबीच आरोप प्रत्यारोप 

नागरिकता विधेयक सन्देशसहित फिर्ता भएसँगै दलहरूबीच आरोप प्रत्यारोप 

सिआईएन

३०, श्रावण २०७९
नागरिकता विधेयक सन्देशसहित फिर्ता भएसँगै दलहरूबीच आरोप प्रत्यारोप 
images

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक सन्देशसहित फिर्ता गरेसँगै सरकारमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरू आरोपप्रत्यारोपमा उत्रिएका छन् । विधेयक फिर्ता गरेर राष्ट्रपतिले राजनीतिक चरित्र देखाएको सत्तामा रहेका दलहरूको आरोप छ भने नेकपा एमालेले नागरिकता विधेयकमा एकलौटी रूपमा अघि बढ्नुको परिणाम विधेयक फिर्ता भएको भनेको छ ।

images
images

नेपाली काँग्रेसका प्रमुख सचेतक चित्रलेखा यादवले नागरिकता विधेयक फिर्ता हुनुलाई अस्वभाविक र विवेकहीन निर्णय भएको टिप्पणी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले प्रतिपक्षीको भूमिका खेलेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रले भने विधेयक फिर्ता गरिएको बारेमा सरकारमा रहेका दलहरूले साझा धारणा बनाउने र त्यसका लागि आज छलफल हुने बताएको छ ।

आज दिउँसो १ बजे बस्ने पार्टीको स्थायी समितिको बैठकमा पनि यसबारेमा कुराकानी हुने नेता गिरिराजमणि पोखरेलले सीआईएनसँग बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले परिमार्जन गरेर नागरिकता विधेयक फेरि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने धारणा राख्नुभयो ।

सभामुख अग्नि सापकोटाले प्रमाणित गरी नेपालको संविधानको धारा १ सय १३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक १४ दिनअघि राष्ट्रपति समक्ष पठाउनुभएको थियो । तर, नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय १३ को उपधारा (३) बमोजिम सन्देशसहित हिजो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

 

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:२८:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology