Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिँदै

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिँदै

सिआईएन

१२, पौष २०७७
प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिँदै

बिराटनगर, १२ पुस । नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएपछि अब प्रदेश सभामा पनि त्यसको असर परेको छ । नेकपाका दुबै समुह प्रदेशमा आफ्नो पक्षमा पल्लाभारी बनाउन लागिपरेका छन् । 
तर मुख्यमन्त्रीहरुले भने केन्द्रमा देखिएको विवादले प्रदेश सरकारमा असर नपार्ने बताएका छन् । सीआईएनसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले प्रतिनिधिसभा विघटनको असर प्रदेशमा नपर्ने दावी गर्नुभयो । 
यसैबीच, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गर्नुभएको छ । प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले हिजो राजीनामा दिने तयारी गरिरेहका बेला मुख्यमन्त्री राइले हिजै उहाँलाई पदमुक्त गर्नुभएको हो । 
मन्त्रीबाट पदमुक्त भएपछि सीआईएनसँग कुरा गर्दै आङ्बोले अब मुख्यमन्त्री विरुद्ध अविश्वसको प्रस्ताव दर्ता गराउने बाटो खुलेको भन्दै प्रचण्ड–नेपाल समूहका सबै मन्त्रीहरुले आजै राजीनामा बुझाउने पनि जानकारी गराउनुभयो ।

images

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:०९:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology