काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धनले आजपनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बिहान ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने चुनावको लागि सिट बाँडफाँड गर्ने विषयमा छलफल हुने भएको हो ।
यसअघि बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन ।