Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

५० प्रतिशत मात्रै सिट लिन काँग्रेसलाई प्रचण्डको आग्रह

५० प्रतिशत मात्रै सिट लिन काँग्रेसलाई प्रचण्डको आग्रह

इच्छाकामना न्युज

१७, भाद्र २०७९
५० प्रतिशत मात्रै सिट लिन काँग्रेसलाई प्रचण्डको आग्रह
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्।

images
images

बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्। प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०/८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन्। ५० सिट आफू राख्ने नियत उहाँको देखियो।’

बैठकमै कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरू ९० सिटभन्दा तल झर्न नसक्ने अडान राखेका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ८६ सिटमा राजी भएको कांग्रेस स्रोतको दाबी छ।

 
 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:००:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology