Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

निरन्तर छलफल भएपनि सत्ता गठबन्धनमा सिट बाँडफाँड हुन सकेन 

निरन्तर छलफल भएपनि सत्ता गठबन्धनमा सिट बाँडफाँड हुन सकेन 

इच्छाकामना न्युज

१७, भाद्र २०७९
निरन्तर छलफल भएपनि सत्ता गठबन्धनमा सिट बाँडफाँड हुन सकेन 
images

काठमाण्डौ। सत्ता गठबन्धनले लामो समयदेखि नै प्रदेश र प्रतिनिधि सभाको लागि हुन लागेको चुनावमा सिट बाँडफाँड गर्ने भनेपनि त्यसो हुन सकेको छैन । हिजो बसेको बैठकमा पनि दलरूले आआफ्नै अडान दोहो¥याएपछि सिटको टुङ्गो लाग्न सकेन । हिजोको बैठकले अब दलहरूले आ–आफ्ना पार्टीभित्र छलफल गरेपछि गठबन्धनको बैठक बसेर सिट बाँडफाँट गर्ने सहमति गरेका छन् ।

images
images

कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले न्यायोचित तथा सम्मानजनक हिसाबले सिट बाँडफाँट हुने दाबी गर्नुभयो । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबारे एक–एक गरेर त्यहाँ कुन दलले कति मत ल्याएको छ भन्नेलगायत कार्यदलले अध्ययन गरेको थियो । त्यसकै आधारमा सबै पार्टीले पूर्ण सिट सङ्ख्या भन्दा बढी दाबी गरेपछि दलहरू समस्यामा परेका हुन् ।

यसअघि कार्यदलमा काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । यो सिटमा सबै दलले घट्ने गरी सहमति गर्ने तयारी छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:२२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology