Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेकपा विभाजनको असरः के तनहुँको पार्टी कार्यालयमा ताला लाग्ला ?

नेकपा विभाजनको असरः के तनहुँको पार्टी कार्यालयमा ताला लाग्ला ?

इच्छाकामना न्युज

१२, पौष २०७७
नेकपा विभाजनको असरः के तनहुँको पार्टी कार्यालयमा ताला लाग्ला ?
images

तनहुँ, १२ पुस । घोषणा भै नसके पछि नेकपा पार्टी विभाजनतर्फ अघि बढिरहँदा नेकपा तनहुँको पार्टी कार्यालय कसको पक्षमा जाला भन्ने कुरा अहिले चर्चा र छलफलको विषय बन्न पुगेको छ । साविक नेकपा एमाले र नेकपा माओवादीबीच एकिकरण भए पछि साविक एमालेको कार्यालय नै एकिकृत पार्टीको कार्यालय बनेको थियो ।

images
images

तर पार्टीका दुई अध्यक्ष दुईतर्फ लागे पछि अब को आधिकारिक हुने भन्ने विषय अन्यौलमा छ । तर दुवै पक्षले एक अर्कालाई आधिकारिक मानिरहँदा दुई दिन अघि प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन र तयारीका लागि छलफल गर्न पार्टी कार्यालय उपयोग गरियो । सोही कार्यालयबाट प्रचण्ड नेपाल पक्षले जुलुश निकाले पछि भोलिपल्ट ओली पक्षका नेताहरुले पनि कार्यालयमा चहलपहल बाक्लो बनाए ।

त्यसको भोलिपल्टबाट ओलीपक्षीय नेता कार्यकर्ताको चहलपहल कार्यालयमा बाक्लो हुन थालेको छ । केही जिल्लाहरुमा ओलीपक्षीय कार्यकर्ताले कार्यालयमा तालाबन्दी गर्न थालेका छन् । काभ्रे, सिन्धुली र छिमेकको लमजुङमा पनि ताला लागेका छन् ।

हाम्रै कार्यालय हो ताला लाग्दैनः ढकाल
तनहुँको कार्यालयमा हुन सक्ने सम्भावित झडप वा तनावलाई ख्याल गर्दै प्रहरीले प्रतिनिधि सभा विघटन भएकै दिनबाट प्रहरी सुरक्षाकर्मी खटाउन थालेको छ । तर तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देल ओली पक्षका भएका कारण ओली पक्षले ताला लगाउने योजना बनाएको छैन ।

पार्टीका कार्यालय सचिव रहेका ओलीपक्षीय नेता राजेश्वर ढकाल कार्यालयमा ताला लगाउनु नपर्ने बताउँछन् । ‘उहाँहरु पनि आइरहनुभएको छ, तर अध्यक्षसहित हामीहरु नै नेतृत्वमा भएकाले ताला लगाउने योजना छैन,’ उनले भने ।

कार्यालयका लागि लड्दैनौंः न्यौपाने
पार्टीका सचिवमा साविक माओवादी तथा हाल प्रचण्ड–नेपाल खेमाका राजेन्द्रकेशरी न्यौपाने छन् । उनले कार्यालयमा गैरहेको र भेटघाटको काम गरिरहेको बताए । ‘कार्यालयमा म गैरहेको छु,’ उनले भने,‘तर भोली पार्टी फुटेमा जो आधिकारिक ठहर्छ उसकै कार्यालय हुने भएकाले अहिले यो विवाद जरुरी छैन ।’

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:४०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology