Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै 

सिटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै 

इच्छाकामना न्युज

२२, भाद्र २०७९
सिटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै 
images

काठमाण्डौ । मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न नसकेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । चुनावको मिति घोषणा भएलगत्तै सिट बाँडफाँट गर्न दैनिक जस्तै बसेको बैठकले अहिलेसम्म यसबारेमा टुङ्गो लगाउन सकेको छैन ।

images
images

यसअघि सिट बाँडफाँटको लागि गठन भएको कार्यदलले हिजो नै टुङ्गो लगाएर प्रतिवेदन बुझाउने भनेको भएपनि त्यसो हुन सकेन । तर हिजोको बैठकमा सिट बाँडफाँट सहमतिको नजिकमा पुगेको सञ्चार तथा सूूचना प्रविधि मन्त्रीसमेत रहेका काँग्रेस नेता  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दाबी गर्नुभयो । आज बैठक बसेर प्रतिवेदन तयार गरिने र शीर्ष नेतालाई बुझाउने तयारी गरेको उहाँले बताउनुभयो ।

यसअघिका बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । आफ्नो दाबीबाट दलहरू पछि नहटेपछि सिटको टुङ्गो लाग्न नसकेको हो । 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:२२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology