Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

साउदीमा अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा

साउदीमा अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा

इच्छाकामना न्युज

२२, भाद्र २०७९
साउदीमा अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा
images

साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहिर्गमन (एक्जिट) भिसा दिएको छ ।

images
images

ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो ।

सोही अनुरोधअनुसार ७८ जना नेपालीलाई वहिर्गमन भिसा प्रदान गरिएको हो । यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ ।

वहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि वहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - १०:१७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology