गोरखा, १२ पौष ।
गोरखामा आज नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तालाइ प्रशिक्षण तथा तालिम प्रदान गरेको छ । केन्द्रमा राजनैतिक उतारचढाव भएसँगै कार्यकर्ताहरुलाइ सहि सूचना दिन भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै गोरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले प्रधानमन्त्रीको कदम गलत भएकाले यसको सबैतिरबाट भण्डाफोर गर्नुपर्ने बताए । विभिन्न महामारीबाट देशको अर्थतन्त्र नाजुक भएका समय भएको व्यवस्था लथालिङ्ग बनाएर देशलाइ पश्चगामि दिशामा लैजान खोजेको उनले बताए ।
जिल्ला पार्टी कार्यालय पाटेचौर गोरखामा सम्पन्न भेलामा विभिन्न पालिकाबाट नेकपाका नेता तथा कार्यकर्ताहरु उल्लेख्य उपस्थित थिए । पार्टी अध्यक्ष लेख बहादुर थापा मगरको अध्यक्षतामा भएको भेलालाइ नेकपा केन्द्रीय सदस्य हरीराज अधिकारी, नेकपा नेताहरु सुसिला सिँखडा, कृष्ण धिताल जुद्ध विलास भण्डारी, विकल कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा गोरखा नगरपालिका अध्यक्ष विशेश्वर कट्टेलको सञ्चालन भएको थियो ।