Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु 

वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु 

सिआईएन

१३, पौष २०७७
वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु 
images

काठमाण्डौ, १३ पुस । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । 
सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दल बीच उत्पन्न भएको विवाद निरुपणका लागि सवर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ ।
आयोगले ऐनमा व्यवस्था भए अनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको पनि श्रेष्ठले बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:२१:१२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology