Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सरकारको कदमको विरोध गर्छौ तर अदालतको निर्णय मान्छौः सभापति देउवा

सरकारको कदमको विरोध गर्छौ तर अदालतको निर्णय मान्छौः सभापति देउवा

इच्छाकामना न्युज

१३, पौष २०७७
सरकारको कदमको विरोध गर्छौ तर अदालतको निर्णय मान्छौः सभापति देउवा

काठमाण्डौ, १३ पुस । प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले संसद विघटनको विरोधमा काठमाडौं सहित देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा काँग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो । 
विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरेका छन् । सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्षवाविपक्षमानबोल्ने बताउनुभएको छ ।  
भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सभापति देउवाले काँग्रेस न्यायालयलाई मान्ने पार्टी भएको बताउँदै अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने धारणा राख्नुभयो ।  अदालतमा विचाराधीन मुद्दा छ त्यसमा हामी केही बोल्ने छैनौ, अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन, देउवाले भन्नुभयो । सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो । 
उहाँले सरकारले संसद् विघटन गरेर निर्वाचन समेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्ने बारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने पनि बताउनुभयो ।  सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपनि स्वीकार गर्ने सभापति देउवाको भनाइ थियो । 
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विघटन भएपनि सर्वोच्च अदालतले मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन सक्ने बताउनुभएको छ । काँग्रेसले तनहुँमा गरेको विरोधपछि आयोजित कार्यक्रममा नेता पौडेलले संसद ब्युँताएर अदालतले संविधानको रक्षागर्न सक्ने धारणा राख्नुभएको हो । ओली सरकारले वाइडबडी काण्ड, यती, ओम्नी, गोकर्ण रिसोर्ट लगायतका ठूला भ्रष्टाचारबाट चोखिन विभिन्न आयोग गठन गरेको र ती आयोग संसदबाट उल्टिन सक्ने देखेर संसद नै भंग गरेको आरोप उहाँले लगाउनुभयो । 

images

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:२५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology