धादिङ । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आउने भएका छन्। गाउँपालिकाले आज संविधान दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोन्धन गर्न महरा आउने भएका हुन्।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) का अनुसार महराले सहिद बेपत्ता परिवार सँगै गाउँपालिका का उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई समेत महराले सम्मान गर्ने छन् ।