Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राप्रपा चितवनमा विवाद : नेता विश्वकर्मा र गुरुङमाथि कारबाही सिफारिस

राप्रपा चितवनमा विवाद : नेता विश्वकर्मा र गुरुङमाथि कारबाही सिफारिस

इच्छाकामना न्युज

४, आश्विन २०७९
राप्रपा चितवनमा विवाद : नेता विश्वकर्मा र गुरुङमाथि कारबाही सिफारिस
images

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका दुई नेतालाई कारबाही सिफारिस गरेको छ ।

images
images

कारबाही सिफारिसमा पर्नेमा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मा र क्षेत्र नम्बर २ का अध्यक्ष तिलकबहादुर गुरुङ रहेको राप्रपा चितवनले जनाएको हो ।

भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरि पार्टीको मूल्य मान्यता तथा सिद्दान्त बिपरित सिंगो पार्टीलाई आँच आउने कार्य गरेको भन्दै उनलाई हदैसम्मको कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको छ । आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकतर्फ एक नम्बरमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने अन्यथा पार्टीलाई नै समाप्त पारिदिने भन्दै विश्वकर्माले धम्की दिएको राप्रपा चितवनको आरोप छ ।

पार्टीका अनुसार विश्वकर्मा सात महिना अगाडी मात्रै ज्ञानेन्द्र शाहीसँगै राप्रपामा प्रवेश गरेकी हुन् । चितवनमा उनको कुनै जनाधार नभएको र कार्यकर्ता माझमा पनि अपरिचित अनुहार भएको राप्रपा चितवनले जनाएको छ।

Raprapa-1.webp

विश्वकर्माले भने आफु समानुपातिकमा सिफारिस नभए चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्दै हिँडेको र सामाजिक सञ्जालमा पार्टीको सिद्धान्त विपरित पदको ख्याल नराखी जथाभावी विचार व्यक्त गरेका कारण पार्टीको गरिमा माथि आँच आएको राप्रपा चितवनद्वारा भदौ २९ मा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी केन्द्रिय सदस्य विश्वकर्माको पार्टी हित विपरितको कार्यमा क्षेत्र २ का अध्यक्ष तिलक बहादुर गुरुङको प्रत्यक्ष संलग्नता रहेकोले निजलाई पनि कारबाहीका लागि जिल्ला समितिले प्रकृया अगाडि बढाएको जनाइएको छ । विश्वकर्मा र गुरुङले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज समेत गरेकाले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए ।

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १९:४८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology