Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन विशेष

शहीद लखन गाउँपालिकाद्वारा डेंगी तथा स्क्रब टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था

शहीद लखन गाउँपालिकाद्वारा डेंगी तथा स्क्रब टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था

इच्छाकामना न्युज

६, आश्विन २०७९
शहीद लखन गाउँपालिकाद्वारा डेंगी तथा स्क्रब टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था

घैरुङ । गोरखाको शहीद लखन गाउँपालिकाले डेंगी तथा स्क्र्रब टाइफस निशुल्क परीक्षणको व्यवस्था गरेको छ । गाउँपालिकाले देशभरी फैलिरहेको डेंगीको महामारी न्युनिकरणका लागि गाउँपालिका भित्रका बिभिन्न ३ वटा स्वास्थ्य चौकीहरुमा डेंगी तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

images

पालिकाका नागरिकहरु स्वास्थ्य सुरक्षालाई मध्ये नजर गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित बक्राङ स्वास्थ्य चौकी, वडा नम्बर ७ स्थित बुङकोट स्वास्थ्य चौकी र वडा नम्बर ६ स्थित धैरुङ स्वास्थ्य चौकीमा निशुल्क डेंगी तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

‘डेंगी तथा स्क्र्रब टाइफसका लक्षणसंग मिल्दो जुल्दो लक्षण देखिएका सवै गाउँपालिकाबासीहरुले आफुलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य परीक्षण गर्न सक्नेछन्, गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो, ‘रोगको संक्रमण फैलन नदिन पनि पालिकाबासीहरु सचेत भएर लाग्नुपर्छ, हामी सवैको पहल र प्रयत्नमा मात्र यस्ता खालका महामारीलाई न्युनिकरण गर्नसक्छौ ।’ अध्यक्ष थापामगरले डेंगी तथा स्क्र्रब टाइफसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामो बाहुला भएको कपडा प्रयोग गर्न, झुल प्रयोग गर्न तथा कुलरहरुमा नियमित पानी बदली गरेर प्रयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।

त्यस्तै घर वरपर पानी जम्ने टायरहरु नराख्न, सकभर खुल्ला चउरमा नबस्न पनि गाउँपालिकाले भनेको छ । गोरखामा पछिल्लो पटक डेंगी र स्क्र्रब टाइफसका संक्रमण बढ्दै गएपछि गाउँपालिकाले समयमा सचेत रहन समेत अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १९:५१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology