Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिका ७ का उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम

शहिद लखन गाउँपालिका ७ का उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम

इच्छाकामना न्युज

६, आश्विन २०७९
शहिद लखन गाउँपालिका ७ का उपभोक्ता समितिलाई अभिमुखिकरण तालिम

 बुंकोट । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा चालुवर्ष संचालन हुने योजना र कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

images

योजना कसरी संचालन गर्ने, कहिले सम्झौता गर्ने, भुक्तानी प्रक्रिया, कागजात लगायतका विषयमा पदाधिकारीलाई अभिमुखिकरण गरिएको हो । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, योजना शाखा प्रमुख इन्जिनियर राजन रानाभाट, योजना शाखाको सानुकाजी बस्नेत, वडाका जनप्रतिनिधिहरु, वडाका कर्मचारी र उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति थियो ।

गाउँपालिकाले चालुवर्ष बिनियोजन गरेका बजेट र संचालन गरेका कार्यक्रमको प्रभावकारी कार्यन्वयका लागि तालिम संचालन गरिएको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २०:३७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology