गोरखा, १३ पुस । संसद बिघटन गर्ने सरकारको निणर्य बिरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले आज गोरखाको गण्डकी गाउँपालिका ताङलिचोकमा बिरोध कार्यक्रम गरेको छ । क्षेत्र नम्बर १ अन्तर्गतको गण्डकी गाउँपालिकाको ताङलिचोकमा बिरोध कार्यक्रम गरेको हो।
क्षेत्र नम्बर १ का सभापति धिरन थापाको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सचिव नन्द्र प्रसाद न्यौपाने, महासमिति सदस्यहरु राजनराज पन्त, राजेन्द्र बजगाई, भुगोल थापा, पूणर्बहादुर दाहाल, कमला लामिछाने लगायतले धारणा राखेका थिए । सभामा सहभागी हुन गोरखा क्षेत्र नम्बर १ अन्र्तगतको गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा, आरुघाट, धार्चे, चुमनुब्री , शहिदलखन गाउँपालिका लगायतका ठाउँबाट कांग्रेसका नेता कार्यकर्ता ताङलिचोक पुगेका थिए ।

सभालाई सम्बोन्धन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले संसद बिघटनले देशमा पटक पटक राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् ।
‘प्रधानमन्त्रीले आफुलाई मन लागेका बेला संसद बिघटन गर्ने हो भने यसले देशमा बिकास र स्थिरता हुँदैन’ केन्द्रिय सदस्य श्रेष्ठले भने ।
प्रधानमन्त्री केपी ओलीले संविधानमा हुँदै नभएको ब्यवस्थालाई लिएर संसद बिघटन गरेको उनले बताए । ‘बहुमत प्राप्त प्रधानमन्त्रीले जनताको चाहना अनुसार काम गर्नुपर्ने बेला संसद बिघटन गर्नु संविधान बिपरित छ’ उनले भने । प्रधानमन्त्रीलाई मन लागेका बेला अविश्वासको प्रस्ताव ल्याउने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीको अंवैधानीक कमद बिरुद्ध कांग्रेसले आन्दोलन गरिरहेको बताउँदै उनले सच्चिएर अघि बढ्न सुझाब दिए । ‘देशमा पटक पटक संसद बिघटन हुँदा अस्थिरता निम्तिएको छ, देश पछाडी धकेलिएको छ’ उनले भने ‘यस्तो प्रवृत्तीको सबै जनताले बिरोध गर्नुपर्छ ।’
संसद बिघटनको निणर्य बहुमत प्राप्त सरकारको असंवैधानीक कमद भएको बिरोध सभामा बोल्नेहरुले बताएका थिए ।