काठमाण्डौ । निर्वाचन आयोगले अर्थ मन्त्रालयमार्फ भएको रकमान्तर निकासा र श्रोत सुनिश्चितताप्रती आफ्नो ध्यानाकर्षण भएको बताएको छ । बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै आयोगले २४ घण्टाभित्र त्यसबारे स्पष्ट पार्न भनेको हो ।
स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भएपछिरकमान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन आयोगले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।