Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालमा साईबर ब्युरो स्थापनका लागि दक्षिण कोरियाले नेपाललाई एक करोड ६० लाख अनुदान दिने 

नेपालमा साईबर ब्युरो स्थापनका लागि दक्षिण कोरियाले नेपाललाई एक करोड ६० लाख अनुदान दिने 

इच्छाकामना न्युज

७, आश्विन २०७९
नेपालमा साईबर ब्युरो स्थापनका लागि दक्षिण कोरियाले नेपाललाई एक करोड ६० लाख अनुदान दिने 

काठमाण्डौ । नेपालमा साईबर ब्युरो स्थापनाका लागि दक्षिण कोरियाले अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि कोरीयाले चरणबद्ध रुपमा एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउनेछ । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ ।

images

साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्न परियोजना महत्वपूर्ण हुने मन्त्रालयले बताएको छ । कोरियाबाट फर्कने आप्रवासीको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य पनि परियोजनाले राखेको छ ।

आज उक्त समझदारी पत्रमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गर्नुभयो ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १९:४३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology