देवघाट । पवित्रा तिर्थस्थल देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित देवघाटधाममा रहेको मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २४ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार मणि मुकुन्देश्वर चक्रवर्ती आश्रममा भएको सो साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले धार्मिक पर्यटकीय स्थलको रूपमा विश्वमा नै परिचित देवघाटलाई यहीँ स्थानमा भएको अमुल्य ऐतिहासिक पुरातात्त्विक बस्तुहरूको चिनाउने समेत बताए ।
प्रमुख अतिथि थापाले धेरै मठमन्दिरहरू बनाउनुको सट्टा यहाँ रहेका संरचनाहरू संरक्षण गरेर अघि बढ्नुपर्ने बताए । थापाले देवघाटमा रहेको सम्पुर्ण आश्रमहरूलाई समान ढङ्गाले अगाडि बढाउने प्रतिवद्वता जनाउदैँ आश्रमहरूलाई थौरै थोरै बजेट बिनियोजन नगरि पालैपालो गरेर पालिकाबाट बजेट बिनियोजन गर्ने बताए ।
सोही कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले पवित्रा स्थल देवघाटको विकास र संरक्षणका लागि वडा कार्यलयको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि कमि नहुने बताए । सो कार्यक्रममा कार्यसमिति सदस्य माधव प्रसाद उपाध्यायले प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै सोही साधरणसभा समारोहमा मुकुन्देश्वर चक्रवर्ती आश्रमको अध्यक्ष भवानी प्रसाद तिम्सिनाले प्रस्तावहरू पेश गरेका थिए । साधक निवासलाई पूर्ण गर्ने,निर्माणधिन मन्दिरलाई पुर्णता दिने, एक आश्रम परिसरमा परिक्रमा मार्ग चक्रवर्ती आश्रम र क्षेत्र विकास समिती परिसर भित्र परिक्रमा मार्ग निर्मााण गर्ने, सो परिक्रमा मार्गमा देवघाटमा लाग्ने विभिन्न मेलाहरू मध्ये बाल चतुरदर्शीका दिन देश विदेशबाट आउने श्रद्वालु भक्तजनहरुलाई सतबिज छर्न उत्तप्रेरण गर्ने,धार्मिक वन संरक्षण सवर्दन कार्यलाई निरन्तरता दिने,मन्दिर देखी उत्तर पट्टी पर्खाल लगाउन बाँकी ३ सय मिटर मध्ये ५० मिटर पर्खाललाई संरक्षण गर्ने, प्रण कुटी निमार्ण गर्ने, मन्दिरको प्रचार प्रसार गर्ने पुस्तक र वोसर प्रकाशन गर्ने,आश्रम परिसरमा धार्मिक वनलाई बृद्वि गर्नको लागि धार्मिक बोट विरुवा लगाउने, परम्परागत रूपमा गरि आएका तिथी चाडपर्वलाई निरन्ताला दिदै अगाडि बढ्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर, इलाका प्रहरी कार्यलय देवघाटका वरिष्ठ नायब निरिक्षक हरि नारायण श्रेष्ठ,मुकुन्देश्वर चक्रवर्ती आश्रमका संस्थापक अध्यक्ष विष्णु प्रसाद सापकोटा, मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको सचिव अर्जुन अधिकारी,सञ्चालन समिति सदस्य रोशनदेव आचार्य लगाएतका अतिथिहरू सहभागी रहेको थियोे