Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने 

सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने 

इच्छाकामना न्युज

९, आश्विन २०७९
सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने 

काठमाण्डौ । सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि नेपाल भ्रमण दशक मनाउने निर्णय भएको हो ।

images

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताउनुभयो ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। तर, कोरोना महामारीका कारण भ्रमण वर्ष स्थागित गरिएको थियो।

कोरोनाले  प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक बढाउने सरकारको उद्देश्य रहेको छ।

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:०६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology