Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय 

अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय 

इच्छाकामना न्युज

१४, पौष २०७७
अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय 
images

अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो ।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो । प्रतियोगिता बंगलादेशमा हुने तय छ । पूर्व तालिका अनुसार साफ यसै वर्ष हुनुपर्ने थियो । तर, कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ ।
यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुङ्गो लागेको छ । निर्णय अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ ।
त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ । यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

images
images

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०९:१०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology