कुरिनटार । इच्छाकामनामा रेष्टुरेन्टबाट खसेर एक जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारको डाडा टोल स्थित निर्माणधिन रिट्रिट रेष्टुरेन्टमा क्षतबाट खसेर सिन्धुलीको मरिण गाउँपालिका ३ कल्पवृक्षका (साविकको कल्पवृक्ष गाविस) ६ का बुद्ध बहादुर बलको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज ९बुधबार विहान १० बजे वायरिङको काम गर्ने क्रममा खसेर घाइते भएका बलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्युभएको हो ।