Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्वास्थ्य

गर्भवती महिलाहरुलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउदै शहिद लखन गाउँपालिका

गर्भवती महिलाहरुलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउदै शहिद लखन गाउँपालिका

इच्छाकामना न्युज

१२, आश्विन २०७९
गर्भवती महिलाहरुलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउदै शहिद लखन गाउँपालिका

घैरुङ । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य अबस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाई मार्फत स्वास्थ्यकर्मीहरुले भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

images

गाउँपालिकाले चालु आर्थिक बर्षको तेस्रो चरणमा पालिका भित्रका बिभिन्न ९ वटा स्वास्थ्य संस्थाबाट ५७ जना गर्भवती महिलाहरु भिडियो एक्सरे सेवा प्रदान गरेको उहाँले बताउनुभयो । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्न सजिलो हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्र्तगत वडामा रहेका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुको गर्भावस्थाको जाँच गरेको शाखा प्रमुख श्रेष्ठको भनाई छ ।‘गाउँपालिकाको बक्रांङ स्वास्थ्य चौकी, मनकामना आधारभुत स्वास्थ्य केन्द्र, मनकामना स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा प्रदान गरेको हो, उहाँले भन्नुभयो, ‘त्यस्तै ताक्लुङ स्वास्थ्य चौकी, ताक्लुङ आधारभुत स्वास्थ्य केन्द्र, घैरुङ स्वास्थ्य चौकी, बुङकोट स्वास्थ्य चौकी, बुङकोट आधारभुत स्वास्थ्य केन्द्र र नाम्जुङं स्वास्थ्य चौकीबाट सेवा उपलब्ध गराइएको हो ।

’गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्ने उदेश्यले पालिका भित्र नै गर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । प्रोटेबल भिडियो एक्स रे मेसिनको साथमा स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उहाँले बताउनुभयो ।

गाँउपालिकाले यो सेवा सुरु गर्नुअघि पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परिक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहदै आएको थियो । अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगरे सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्ने समस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - २१:२९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology