Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना विशेष

इच्छाकामनाका महिला कृषि उद्यमीहरुले उत्पादन गरेका खसिबोका बिक्री हुन सकेन, कृषक चिन्तामा

इच्छाकामनाका महिला कृषि उद्यमीहरुले उत्पादन गरेका खसिबोका बिक्री हुन सकेन, कृषक चिन्तामा

चित्र बहादुर गुरुङ

१३, आश्विन २०७९
इच्छाकामनाका महिला कृषि उद्यमीहरुले उत्पादन गरेका खसिबोका बिक्री हुन सकेन, कृषक चिन्तामा
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मा रहेको चण्डिभञ्ज्याङ सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध महिला कृषि उद्यमीहरुले उत्पादन गरेको खसिबोका बिक्री हुन नसक्दा उद्यमीहरु चिन्तामा परेका छन्। दशै आउन केहि दिन मात्रै बाँकी छदा पनि अहिलेसम्म खसीबोका बिक्री हुन नसकेको हो।

images
images

khasis.jpg

हरेक वर्ष सहकारीमा आवद्ध महिला उद्यमी कृषकहरुले उत्पादन गरेको खसीबोका दशैंको बेलामा संस्थाले नै एकिकृत गरि व्यापारी मार्फत बिक्री गर्ने व्यवस्था गर्ने गरेको थियो। तर यस वर्ष दशै आउन २–३ दिन बाँकी छदा पनि अहिलेसम्म खसिबोका बिक्री हुन नसकेको संस्थाका व्यवस्थापक संगीता गुरुङले बताईन्। व्यवस्थापक गुरुङका अनुसार अहिलेसम्म करिब १० जना जति खसीबोका व्यवसायी सम्पर्कमा आएपनि कसैले पनि खरिदका लागि कन्र्फम नगरेको हो।

khsss.jpg

समयमा खसीबोका बिक्री नहुदाँ महिला उद्यमी कृषकहरु भने आफ्नो उत्पादन बिक्री नै नहुने पो होकि भन्ने चिन्तामा पर्न थालेको छ। संस्थामा आवद्ध करिब ८ सय सदस्यहरु मध्य झण्डै  साढे ६ सय सदस्यहरुले बर्षेनी करिब १ हजार खसिबोका उत्पादन गर्ने गर्छन्। यसरी संस्थामा आवद्ध सदस्यहरुले उत्पादन गरेको खसीबोका संकलन गरेर संस्थाले हरेक वर्षको दशैंमा करिब ५–६ सय खसीबोका बिक्री गर्ने गरेका छन्। 

तर यो वर्ष भने अहिलेसम्म एउटै खसीबोका पनि बिक्री गर्न नसकेको संस्थाका अध्यक्ष रश्मी गुरुङले बताए। साथै अझै पनि खसिबोका बिक्रीका लागि संस्थाले पहल गरिरहेको उनले बताए।

यस्तै संस्थाले यसवर्ष खसीबोकाको मूल्य ४० केजी भन्दा माथि भए ६१० रुपैयाँ, ३० देखि ४० केजीसम्मको भए ५६० रुपैयाँ, २० देखि ३० केजीसम्मको भए ५४० रुपैयाँ र २० केजी भन्दा कमको भए ५१० रुपैयाँ प्रति केजी तोकिएको छ। 

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - २१:३६:४१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology