Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यात्रुको सास्ती

दसैँमा घर जाने यात्रुलाई सास्ती, सरकारको ध्यान पुगेन 

दसैँमा घर जाने यात्रुलाई सास्ती, सरकारको ध्यान पुगेन 

सिआईएन

१५, आश्विन २०७९
दसैँमा घर जाने यात्रुलाई सास्ती, सरकारको ध्यान पुगेन 

अविनाश आचार्य, काठमाडौँ । दसैँमा काठमाडौँबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढिरहेको छ । ट्राफिक प्रहरीकाअनुसार घटस्थापना यता मात्रै झण्डै ५ लाख यात्रु काठमाडौँबाट बाहिरिएका छन् । चाडबाड मनाउने उल्लास बोकेर घर जान चाहनेलाई टिकट पाउन सजिलो छैन । त्यसमाथि टिकटको मुल्य पनि मनमौजी हुँदा नागरिकको दिक्दारी बढेको छ ।

images

हप्ता दिन अघिसम्म दसैँमा घर जानका लागि टिकटको खोजीमा रहेकाहरूले टिकट पाउन सकेका छैनन् । टिकट पाइहाले पनि बसेर जाने सिट छैन । लामो दुरीको यात्रा गर्नेहरूले सरकारले तोकेको भन्दा बढी शुलक तिरेर पनि टिकट लिनुपरेको बाध्यता छ । यस्ता समस्याका कारण यात्रुहरू दिक्दार बनेका छन् ।

सरकार र यातायात व्यावसायीले टिकट पाउन समस्या नहुने दाबी गरेपनि यात्रुले भने त्यसको अनुभुति गर्न पाएका छैनन् । सरकारले काठमाडौँबाट धरानका लागि एक हजार पाँच सय ४५ रुपयाँ भाडा तोकेको छ । तर, व्यवसायीले यात्रुसँग आफूखुसी भाडा असुलिरहेका छन् । गोङ्गबु बसपार्कमा भेटिएका धेरैजसो यात्रु कि त टिकट नपाएको वा भाडा धेरै तिर्नुपरेको गुनासो गर्छन् । यात्रुका यस्तै गुनासो सुन्न, बसपार्कभित्रै सहायता कक्ष खोलिएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।

दसैँका बेला गाउँ जान नागरिकले बर्सेनि यस्तै सास्ती खेप्नुपर्छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले भने सर्वसाधारण आफै सचेत हुनुपर्ने बताउनुभयो । सरकारले अनलाईनबाट पनि टिकट बुकिङ गर्न सकिने बताएपनि यसबारे धेरैलाई जानकारी नहुँदा टिकट पाउन झनै समस्या भएको हो । 

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:४१:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology