Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको ‘निर्णायक बैठक’बस्दै, आजै अन्तिम टुंगो लगाउने

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको ‘निर्णायक बैठक’बस्दै, आजै अन्तिम टुंगो लगाउने

इच्छाकामना न्युज

१८, आश्विन २०७९
सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको ‘निर्णायक बैठक’बस्दै, आजै अन्तिम टुंगो लगाउने
images

काठमाडौं । सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ।

images
images

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ। सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो। तर, मंगलबार ठोस सहमति जुटाउने गठबन्धन आवद्ध दलहरूको तयारी छ।

जसका लागि अहिले दलहरू आन्तरिक तयारीमा छन्। त्यसपछि बिहान ११ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन।

यद्यपि, धेरै स्थानमा सहमति जुटिसकेको नेताहरूको दाबी छ। हाल केही स्थानमा मात्र दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको बताइएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - ११:२६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology